मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

यू-१९ विश्वकप छनोटः मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले चौथो खेलमा मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मलेक क्रिकेट ग्राउन्डमा टस जितेर मलेसियाले नेपाललाई पहिले बलिङका लागि निम्तो दिएको इमिरेट्स क्रिकेटले जनाएको छ ।

छनोटअन्तर्गत नेपालले लगातार चौथो खेल जित्न चाहन्छ । नेपालले यसअघिका तीनवटै खेलमा जित हात पारेको थियो ।