सरकारले पशुपति सरसफाइका लागि ३ महिने अभियान चलाउने

काठमाडौँ - सरकारले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको बताएका हुन् ।
उनले आगामी शनिबारदेखि पशुपति सरसफाईको अभियान शुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीहरुसहित आफ्नो अध्यक्षतामा सो अभियान सञ्चालन गर्न लागिएको बताए । त्यस्तै पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरीएको पनि उनले जानकारी दिए ।
मन्त्री किराँतीले आफू मन्त्रीको रुपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकिय कुराहरुमा सुधार ल्याएको बताए । त्यस्तै नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरू घटिरहेका भन्दै महिला विरुद्ध हुने दुव्र्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको बताए । सरसफाइ निर्देशिका जारी गर्न लागेको पनि उनले उल्लेख गरे ।
उनले भने, – ‘वायुसेवा निगममा अनलाइन टिकट हामीले गरेका छौँ । सरसफाइ र व्यवस्थापकिय पक्षमा खासगरी एयरपोर्टहरुमा हामीले धेरै सुधार ल्याएका छौँ । हवाई सुरक्षा सम्बन्धी सबै मातहतका निकायहरूमा पटक–पटक निर्देशन दिएका छौँ र केही सुधारका कामहरू पनि भइराखेको छ । लुम्बिनी गुरुयोजनाको सम्बन्धमा छानबिन समिति नै बनाएर छानबिन समितिले प्रतिवेदन पनि ल्याइसकेको छ । पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको लागि ५ समिति अध्ययन समिति गठन गरिसकेका छौँ आज नै । पशुपति सरसफाइ अभियान अब ३ महिना प्रत्येक शनिवार मातहतको सबै कर्मचारीहरुसहित मेरो अध्यक्षतामा र मन्त्रालयको सचिव त्यसको सदस्यसचिव रहने गरी ३ महिने सरसफाइ अभियान आउने शनिबारदेखि सञ्चालन गर्नेछौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका कुराहरू हामीले सुनिराखेका छौँ । त्यो घटना घटेको कुरा विभिन्न सार्वजनिक मिडियाबाट हामीले जानकारी पनि लिइरहेका छौँ । त्यसका निम्ति हामी महिला विरुद्धको दुर्व्यवहार उजुरी लिने स्थायी युनिट हामी त्यहाँ बनाउने छौँ । सरसफाइ संस्थागत गर्न हामीले निर्देशिका जारी गर्दैछौँ । ७ फेब्रुअरीमा ग्राउण्डेड भएको हाम्रो ट्वीनेटर जहाजको छानबिन उपसमिति बनाएका छौँ । हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा पठाएको छौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको सम्बन्धमा कसरी यसलाई सञ्चालन गर्ने, यसको सम्बन्धित निकायसम्म हामीले बिजनेस प्लान मागिराखेका छौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा कूटनीतिक पहल शुरु नै गरिसकेका छौँ । भरतपुर विमानस्थल विस्तार गर्ने काम प्रारम्भ गरेका छौँ । मन्त्रालयमा २४ सै घण्टा पर्यटकलाई सेवा दिनेगरी नमस्ते पर्यटक सेवा चलाउने तयारीमा छौँ ।’
त्यस्तै गरी ७ फेब्रुअरीमा ग्राउण्डेड भएको ट्वीनेटर जहाजको लागि छानबिन गर्न उपसमिति बनाएको उनले बताए । मन्त्रालयले हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा लगेको उनको भनाई छ । मन्त्री किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्नका लागि सम्बन्धित निकायसँग व्यावसायिक योजना माग गरिरहेको पनि बताए । त्यस्तै पर्यटकहरूलाई विभिन्न प्रकारका सेवा दिनका लागि नमस्ते पर्यटक सेवा २४ सै घण्टा चलाउने तयारी रहेको उनले उल्लेख गरे ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया