यू-१९ विश्वकप छनोटः नेपालको लगातार तेस्रो जित

काठमाडौँ- युनाइटेड अरब इमिरेट्समा जारी आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गर्यो ।
मलेक क्रिकेट ग्राउन्डमा १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जित दिलाउन आकाश त्रिपाठीले ६४ रन तथा उत्तम थापा मगरले ३९ रनको योगदान गरे । अर्जुन कुमालले १६ रन बनाए । हङकङका लागि ड्यानियल मोर्गानले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा सबै विकेट गुमाउँदै रन जोड्यो । हङकङका लागि पार्थ भागवतले ३६ रनको योगदान गरे । मोहमद अलियान जाहिरले २९ रन बनाए ।
नेपालका लागि हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवाश भण्डारीले २-२ विकेट विकेट हात पारे । दिपेश कंडेलले १ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया