संसद् अधिवेशनको पाँच दिनअगाडि राष्ट्रपतिले जारी गरिन् अर्को अध्यादेश

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले डाकेको संसद्को बजेट अधिवेशनको पाँच दिन अगाडि अर्को अध्यादेश जारी गरेकी छन् । उनले मन्त्रिपरिषद्ले सिफारिस गरेको रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले हिजो मंगलबार मात्रै ७ वटा अध्यादेश जारी गरेकी थिइन् । यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाकर्मीको मात्र सुविधा लिने घोषणा

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

प्रतिक्रिया