बागमती प्रदेशसभाबाट दुई विधेयक पारित

बागमती- बागमती प्रदेशसभाबाट प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित भएका छन् । प्रदेशसभाको बैठकबाट प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा बनेको विधेयक २०७९ तथा स्थानीय तहको सेवाको गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ पारित गरिएका हुन् ।
आइतबार विधेयक व्यवस्थापन समितिले उक्त विधेयकका विषयमा दफावार छलफल गरेपछि दुवै विधेयक प्रदेशसभामा पेस गरिएको थियो । प्रदेशसभामा सभामुख भूवनकुमार पाठकले बैठकमा निर्णयार्थ पेस गरेका दुवै विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले सभाबाट स्वीकृत गरेको थियो ।
सो सभाले विधेयक स्वीकृत गरेसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रमाणीकरण भएपछि तत्काल कार्यान्वयनमा आउने बताइएको छ । प्रदेश निजामती सेवा नभएका कारण कर्मचारी व्यवस्थापनमा समस्या भएको थियो ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया