नगरकोटीको नयाँ पुस्तक : बजारमा किन्न नपाइने, मूल्य रु. २०२१

कुमार नगरकोटीको नयाँ कथा संग्रह ‘कल्पग्रन्थ’ को प्रिमियम संस्करण मात्र प्रकाशन हुने भएको छ । प्रकाशक बुकहिलले सोमबार विज्ञप्ति जारी गर्दै पुस्तक पढ्न चाहाने पाठकले पहिलेनै बुकिङ गर्नु पर्ने र यसका लागि २०२१ रुपैंया तिर्नुपर्ने जनाएको छ ।
६३ वटा विभिन्न बान्की र शैलीका कथा समेटिएको पुस्तकमा कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्कृन प्ले, ट्रान्स क्रियटेड, टाइपोग्राफिक लगायत कथाहरू रहेका छन् । बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पश्चिमा मुलुकहरूमा विशेष लेखकहरूका किताब विशेष तरिकाले प्रकाशन हुन्छन् । हामीले पनि लेखनमा सधैँ प्रयोग गर्दै आइरहेका नगरकोटीको यो किताबलाई विशेष तरिकाले प्रकाशन गर्न लागेका हौँ ।’
‘एसिड फ्री’ कागजमा छापिने किताब हार्ड कभरमा बक्ससहित उपलब्ध हुनेछ्र । एउटा बुकमार्क, केही विशेष पोस्टकार्ड र झोला किताबसहित प्रत्येक ग्राहकले हात पार्नेछन् । साथै, हरेक ग्राहकले नगरकोटीको अटोग्राफसहित किताब प्राप्त गर्नेछन् । सोमबारदेखि प्रिअर्डर खुल्ला गरिएको किताब खरिद गर्न आगामी फागुन १ गतेसम्म अग्रिम बुकिङ गर्न सकिनेछ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो पुस्तक जति ग्राहकले प्रिअर्डर गर्छन्, त्यति ‘प्रति’ मात्र छापिनेछ । देश वा विदेशका कुनै पनि पुस्तक पसलमा यो पुस्तक उपलब्ध हुनेछैन । कुनै बिक्रेताले बेच्न चाहेमा यो योजनामा सहभागी हुनुपर्नेछ । प्रि–बुकिङ गरेका ग्राहकका पुस्तक नेपालभित्र निःशुल्क र नेपालबाहिर ढुवानी शुल्कसहित डेलिभरी गरिनेछ । प्रि–बुकिङ गरेका ग्राहक पुस्तक विमोचन समारोहमा सहभागी हुन सक्नेछन् । पुनः मुद्रण र प्रकाशन नहुने यो पुस्तक आगामी चैत १४ गते शनिबार लोकार्पण गरिनेछ ।

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

प्रतिक्रिया