१६ किलो चरेससहित कपिलवस्तुमा एक पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा १६ किलो चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार पक्राउ पर्नेमा शिवराज नगरपालिका– ९का मेघराज घर्ती रहेका छन् ।
घर्तीको घरमा चरेस लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घर्ती मगरको बिजौरीस्थित घरमा खानतलासी गर्दा घर भित्र लुकाई छिपाई राखेको १६ किलो लागूऔषध चरेशजस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।
उनी माथि जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया