काकाको हत्या गर्ने पक्राउ

जलेश्वर - आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार गत आइतबार राति विजेन्द्रले ७० वर्षीय शिव महराको हत्या गरेका थिए । वृद्धभत्ता माग्दा नदिएपछि उनको चक्कु प्रहार गरेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
घटनालगत्तै विजेन्द्र फरार भएका थिए । लुकिछिपी बस्दै आएका उनलाई आइतबार राति पक्राउ गरिएको हो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया