सन्दिप लामिछानेको मुद्दा सर्वोच्चको बन्द इजालासमा जारी

काठमाडौँ - नेपाली क्रिकेटका पूर्व कप्तान सन्दिप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ बन्द इजलासमा भइरहेको छ ।
सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनकोको आदेशविरुद्ध सरकारले दिएको निवेदन तथा लामिछानेले विदेश जान पाउनु पर्ने भन्दै दिएको निवेदन माथी सर्वोच्च अदालतको सुनुवाइ बन्द इजलासमा भईरहेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुवै रिट निवेदनको सुनुवाइ भइरहेको छ । इजलासले सुरुमा नै उक्त रिट निवेदन बन्द इजलासमा गर्ने आदेश दिएको र सोहीअनुसार बन्द इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ ।
बलात्कार तथा लैंगिक हिंसालगायत मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न सकिने कानुनी व्यवस्था छ । बन्द इजलासमा दुवै पक्षका वकिलको मात्रै उपस्थिति छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया