शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

घरमै एकान्तवास बसेका कोभिड संक्रमितले के खाने, कसरी बनाउने ? (भिडियोसहित)

काठमाडौँ : मुलुक कोभिड-१९ संक्रमणको दोश्रो लहरसँग जुधिरहेका छौ । अहिलेको संक्रमणको दर पहिले भन्दा ६ गुणा बढी भएको विज्ञहरूले बताउँदै आएका छन् । संक्रमणको कारण देशभरीका अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ । 

अस्पतालमा स्थान अभावका कारण धेरै संक्रमित घरमा एकान्तवासमा छन् । घरमा भएका विरामीले स्वास्थ्य सर्तकताको साथै खानपान र व्यवहारमा पनि सचेतता अपनाउनुपर्ने वरिष्ठ पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठी बताउँछिन् । संक्रमित भई घरमा एकान्तवासमा बसेकाहरंले प्रोटिन, भिटामिन सी र जिंन्क पाइने खानेकुरामा जोड दिनुपर्ने उनको भनाइ छ । 

अहिले बालबालिका र किशोर किशोरीहरू बढी संक्रमित देखिएको र यी उमेर समूहको खाना खाने व्यवहार र प्राथमिकता फरक हुँदा धेरै ध्यान दिन आवश्यक रहेको उनले बताइन्। यस्तै बढी उमेर समूहका संक्रमितको पनि खाना खाने व्यवहार र प्राथमिकता फरक हुँदा पोषणयुक्त खानाको छनौट, बनाउने तरिका र प्रयोग समेतमा ध्यान दिनुपर्ने वरिष्ठ पोषणविद् प्रा. डा. ठकुराठीले बताइन् । घरमा एकान्तवासमा बसेकाहरंले खानेकुराको पोषणमा ध्यान दिन सके, मिलाएर खान सके अहिले देखिएको संक्रमणबाट छिटै निको हुने उनको भनाइ छ ।