जाँदाजाँदै राप्रपाको उद्घोष : काम गरेको देख्नै सकेनन्

मकवानपुर- राजीनामा दिनुअघि राप्रपाका नेताहरूले आफूहरू जनताका लागि सहज भएको तर, काम गरेर देखाउने अवसर नपाएको गुनासाे गरेका छन् ।
बागमती प्रदेश सभामा राप्रपा संसदीय दलको नेता उद्धव थापाले जनताको हितमा काम नभएको दाबी गरे । उनले भने, 'जनताका लागि हामी कति इजी थियौँ त्यो देख्नुभएको छ, काम गर्ने मौका त कहाँ भयो र ?'
थापाले आफूलाई संसद्मै अन्य सांसदहरूले विभेदपूर्ण व्यवहार गरेको गुनासो समेत गरे । शनिबार प्रदेश सभाको विशेष समयमा बोल्दै उनले भने, 'सत्तापक्षमा रहँदा मेरो कुर्सी यहाँ (अगाडि इशारा गर्दै) थियो, धकेल्दै धकेल्दै पछाडि पुर्याइयो,अब धन्न नमान्नुस्, भोलिबाट हामी प्रतिपक्षमा हुन्छौँ ।'
सत्तामा रहेर, संघीयताको खारेजीको सवाल बलियो बनाउँदै गर्दा सबैले आफूहरूलाई ‘अछुत’ व्यवहार गरेको उनले बताए ।
सत्तामा बसेर सस्तो लोकप्रियताका लागि ताली बजाउनेभन्दा प्रतिपक्षमा बसेर जनतालाई सुसूचित बनाउने र आफूहरूको विचार तथा धारणा स्पष्ट पार्ने भूमिका निर्वाह गर्ने थापाले बताए । 'सत्तामा बसेर संविधानविरुद्धमा गएको भन्ने कुरामा आफूहरू विरुद्ध टेबल बजेको गुनासो गर्दै उनले भने, अब जनताको बीचमा रहेर बोल्दा कस्काे पक्षमा ताली बज्छ, हेर्न च्यालेन्ज गर्न चाहन्छौँ । हामी भिडको पछाडि हैन, जनताको कर्णप्रिय सवालमा हामी छौँ ।'
थापाले आफूसहित तीनजनाले राजीनामा दिँदै गर्दा जिम्मेवार नेताहरूले जिम्मेवारीपूर्वक काम गरेको हेर्ने चाहना भएको बताए । उनले संसद्को विशेष समयमा राजा र हिन्दु राज्यको बारेमा कुरा उठाउँदा अन्य सांसदहरूले आपत्ति जनाएका थिए ।
विशेष समयमा अन्य सांसदहरूले पनि समसामयिक सवालमा आफ्नो विचार राखेका थिए ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया