राप्रपाका मन्त्रीले भोलि राजीनामा दिँदै

पोखरा- केन्द्रको राजनीतिले गण्डकी सरकार अल्पमतमा पर्ने भएको छ । केन्द्रीय राजनीतिमा उतारचढाव आउँदा गण्डकी प्रदेश सरकार गठन भएको दुई महिना नबित्दै धर्मराएको छ । पुस २५ गते माओवादी र राप्रपाको साथ लिएर मुख्मन्त्री नियुक्त भएका खगराज अधिकारी नेतृत्वको सरकार ढल्ने संघारमा पुगेको हो ।
केन्द्रीय समीकरणका कारण राप्रपाले केन्द्रमा सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिएको छ । पार्टीको निर्णय अनुसार गण्डकी प्रदेशमा पनि राप्रपाले साथ छोड्दैछ । राप्रपाबाट गण्डकी प्रदेशमा पञ्चराम गुरुङले आइतबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने बताएका छन् ।
‘आइतबार राजीनामा दिन्छु,’ उनले भने, ‘हामी केन्द्रीय निर्णय अनुसार नै चल्ने भएकोले हाम्रो छुट्टै निर्णय हुँदैन । प्रदेश पनि केन्द्र जस्तै हो ।’ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मा पाएका उनले राजीनामा दिएमा प्रदेश सरकारमा अल्पमतमा पर्छ ।
एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सांसदसहित ३२ पुर्याएर गठन भएको गण्डकी सरकारबाट राप्रपा बाहिरिएपछि अल्पमतमा पर्ने भएको हो । राप्रपाले समर्थन फिर्ता लिएसँगै अधिकारीसँग माओवादी समेतको ३० सिट छ । एकजना माओवादीबाटै सभामुख निर्वाचित भएका छन् ।
संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले नेतृत्व गर्ने दल विभाजित भए वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मतका लागि संसद्मा प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।
केन्द्रको समीकरण हेर्दा माओवादी समेत फरक गठबन्धनमा जुटेको छ । त्यसो हुँदा गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकार ढलेर नयाँ सरकार बन्छ । ६० सदस्यीय प्रदेश सभामा २७ सिटसहित नेपाली कांग्रेस पहिलो दल छ भने दोश्रो दल नेकपा एमालेसँग २२, माओवादीसँग ८ र राप्रपासँग २ सिट छ । मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
गण्डकीमा अहिलेको सरकार ढले संविधानको धारा १६८ उपधारा (३) अनुसार कांग्रेस नेतृत्वमा सरकार बन्छ । गण्डकीमा ठूलो दल नेपाली कांग्रेसबाट सुरेन्द्रराज पाण्डे दलका नेता चुनिएका छन् ।

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया