सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

न्याय परिषद् सदस्य 'निराला'को निधनप्रति सर्वोच्चको समवेदना

काठमाडौं : न्याय परिषद्का सदस्य लक्ष्मीबहादुर 'निराला' खड्काको निधनप्रति सर्वोच्च अदालतले समवेदन व्यक्त गरेको छ । वरिष्ठ अधिवक्तासमेत रहेका निरालाको ७७ वर्षको उमेर मंगलबार निधन भएको हो ।

सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'यस दुखद् घडीमा दिवंगत आत्माकाे चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना  प्रकट गर्ने निर्णय गरिएको छ।'