अर्जुन र देवकाे शतकमा कुवेतमाथि नेपालको सानदार जित

काठमाडौँ– युएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत शनिबारको खेलमा नेपालले कुवेतलाई २४३ रनले हराएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३४३ रन बनाएको थियो ।
नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए । कुमालले ११२ बलमा १०८ रन बनाएका थिए भने खनालले ११७ बलमा १२५ रन बनाएका थिए । यसबाहेक दीपक बोहोराले १३, विशाल विक्रम क्षेत्रीले २३, दीपक बोहोराले १९ र दीपकप्रसाद डूम्रेले २० रन बनाएका थिए ।
३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा १० विकेट गुमाउँदै १०० रनमै सीमित भएको थियो । कुवेतका लागि जुड क्रिटोफर साल्धानाले सर्वाधिक २६ रन मात्रै बनाउन सफल भएकाले थिए ।
कुवेतलाई १०० रनमा रोक्न नेपालका आकाश चन्दले सबै भन्दा बढी ६ विकेट लिए । उनले ९.५ ओभरमा ४३ रन खर्चिए ६ विकेट लिएका हुन् । यस्तै हेमन्त धामी र दिपेश कँडेलले समान २–२ विकेट लिएका हुन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया