बागमती प्रदेशमा राप्रपाका मन्त्रीहरूले संयुक्त राजीनामा दिने

मकवानपुर- बागमती प्रदेश सरकारलाई समर्थन गर्दै मन्त्रिपरिषदमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिने भएका छन् ।
प्रदेश सरकारमा सहभागी राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापासहित पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले संयुक्त रूपमा मुख्यमन्त्री शालिकराम जमकट्टेल समक्ष राजीनामा बुझाउने भएका हुन् ।
राष्ट्रपतिकाे उम्मेदवारमा शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाकाे केन्द्रीय कार्यसम्पादन र ससंदीय दलको बैठकले संघीय सरकार र प्रदेश सरकार दुवैबाट बाहिरिने निर्णय गरेको थियो । केन्द्रीय सत्ता समीकरण परिवर्तन भएको र संघीय सरकारमा सहभागी राप्रपाका मन्त्रीहरूले समेत राजीनामा दिएका कारण पार्टीको निर्णय अनुसार नै राजीनामा दिइ प्रदेश सरकारबाट बाहिरिने संसदीय दलका नेता थापाले प्रतिक्रिया दिए ।
संसदीय दलका नेता थापाले पुस २५ गते मुख्यमन्त्री जमकट्टेलसँगै बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । उनले माघ ११ गते मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी, ऊर्जा तथा सिँचाइकाे जिम्मेवारी पाएका हुन् । तामाङ र विष्टले माघ ११ गतेबाट प्रदेश सरकारकाे पर्यटन, उद्योग तथा सहकारी र वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी पाएका थिए ।
बागमती प्रदेश सभाका ११० सदस्यमध्ये राप्रपाका १३ सांसद छन् । जसमा भुवनकुमार पाठक सभामुख छन् भने विष्टसहित तीनजना मन्त्री छन् । सभामुख पाठकको हकमा भने अहिले कुनै निर्णय नभएको बताइएकाे छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया