देव र अर्जुनको शतकमा नेपालले दियो कुवेतलाई ३४४ रनको लक्ष्य

काठमाडौँ- कप्तान देव खनाल र ओपनर अर्जुन कुमालको शतकको मदतमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ ।
मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको विशाल योगफल तयार पार्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १ सय २५ रन जोडे । १ सय १७ बल खेलेका देवले ९ चौका र ३ छक्का हिर्काए ।
यता अर्जुन कुमालले भने १ सय १२ बलमा १२ चौकाको मदतमा १ सय ८ रनको शतकीय पारी खेले । विशाल विक्रम केसीले २३ रन तथा दिपक बोहराले १९ रनको योगदान गरे ।
कुवेतका लागि हेनरी थोमस र आर्स साहिलले २-२ विकेट तथा हैवर अली र जय मेहताले एक-एक विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया