कोभिड–१९ नियन्त्रण र उपचारका लागि अमेरिकाको ३.९९ करोड डलर सहयोग

काठमाडौँ : कोरोना भाइरस महामारी नियन्त्रण र उपचारका लागि अमेरिकाले नेपाललाई ३ करोड ९९ लाख अमेरिकी डलर (४ अर्ब ७० करोड रुपैयाँ) सहयोग गरेको छ । महामारी शुरु भएयता अमेरिकी सहयोग नियोग (युएसएड) ले ३ करोड ६८ लाख र अमेरिकी रक्षा मन्त्रालय (डिपार्टमेन्ट अफ डिफेन्स) ले ३१ लाख अमेरिकी डलर सहयोग दिएको हो ।
युएसएडले कोभिड–१९ सहयोग यसका साझेदार कार्यान्वयन निकायमार्फत् ५५ प्रतिशत जनसंख्यामा पुगेको उल्लेख गरेको छ । समुदाय, नगर संघीय तहमा उपचार, उपकरण तथा सेवा प्रवाह सुधारमा युएसएडको सहयोग परिचालन भएको छ । युएसएडको सहयोगले १०० भेन्टिलेटर, १० हजार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) तथा एचआईभी संक्रमितहरूको लागि एन्टीभाइरल औषधी वितरण गरिरहेको छ ।
त्यस्तै अमेरिकी रक्षा मन्त्रालयले प्रदान गरेको ३१ लख डलर सहयोगबाट पीपीई, स्वासप्रश्वास उपकरण, आइसोलेसन र प्रकोप व्यवस्थापन क्याम्प उपकरण, टेलिमेडीसीन उपकरण र कोभिड–१९ परिक्षण उपकरण तथा स्वास्थ्य क्लीनिकहरूका लागि हात धुने सुविधाको व्यवस्था गरेको छ ।

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया