नीतिशकुमार पुन: बिहारकाे मुख्यमन्त्री

काठमाडौ : नेपालको सीमा जोडिएको बिहार (भारतीय राज्य) मा पुन: नीतिश कुमार मुख्यमन्त्री बनेका छन् । जनता दल यूनाइटेड (जेडीयू) का नेता नीतिशले विजेपीसँगको गठबन्धनमा पुन: सफलता हात पारेका हुन् । उनले सोमबार सातौं पटक बिहारको मुख्यमन्त्री शपथ खाएका छन् । सन् २००० मा एक सातामात्र बिहारको मुख्यमन्त्री भएका थिए । तर, उनी २००५ यता लगातार चौंथो पटक मुख्यमन्त्री बन्दै बिहारमा दोस्रो लामो समय मुख्यमन्त्री बन्ने नेतामा दरिए । कोभिड-१९ बीच सम्पन्न निर्वाचनमा विजयी नीतिशले पटनामा आयोजित एक समारोहबीच मुख्यमन्त्रीको शपथ लिएका हुन् ।
बिहारकाे राजनीतिबारे यहाँ पनि चासो रहने गरेकाे देखिन्छ । नीतिश नेपाली नेताहरूलाई नजिकबाट चिन्ने भारतीय नेता हुन् । उनले नेपालको औपचारिक भ्रमण पनि गरेका छन् । उनी यहाँ आउँदा नेता भेटघाटसँगै तपोवन ओशोमा पुगेर समेत बास बसेका थिए । सन् २००५ यता नौं महिनाबाहेक उनी लगातार विहार हाँकीरहेका छन् । सन् २०१४ को लोकसभा निर्वाचनमा उनको दल पछि परेपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । अनि जेडीयूकै जितनराम माझी सन् २०१४ को मे २० देखि २०१५ को फेब्रुअरी २२ सम्म बिहारका मुख्यमन्त्री बनेका थिए।
सोमबार नीतिशले १४ सदस्यीय मन्त्रीमण्डल पनि गठन गरेका छन् । उनको मन्त्रिमण्डलमा दुईजना उपमुख्यमन्त्री तारकिशोर प्रसाद र रेनु देवी छन् । नीतिशसँगै चार पटक विधायक प्रसाद वैश्य समुदायको प्रतिनिधित्व गर्छन भने देवी पिछडा वर्गबाट आएकी हुन् । दुवै भाजपाका नेता हुन् । सपथ ग्रहण समारोहमा भाजपा नेता केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा पनि उपस्थित थिए ।
निर्वाचनमा जेडीयू र भाजपाको गठबन्धनले बहुमत पाएपछि नीतिश मुख्यमन्त्री बनेका हुन् । बिहार विधानसभाको सबैभन्दा ठूलो दल बन्न सफल राष्ट्रिय जनता दलका नेता तेजश्वी यादव सपथ ग्रहणमा पस्थित भएनन् । उक्त दलले निर्वाचनमा धाँधली भएको र केन्द्रीय सरकार हावी भएको आरोप लगाउँदै आएकाे छ ।
नागरिकले आफ्नो गठबन्धनलाई मत दिएको भएपनि निर्वाचन आयोगले बिजेपी गठबन्धनलाई विजयी घोषणा गरेको भन्दै उनले असन्तुष्टि पोख्दै आएका छन् । यादवले पत्रकार सम्मेलन गरेर नै यस्ता विषय बाहिर ल्याएका थिए । नीतिशले यसलाई अस्विकार गरेका छन् । उनले भोट माग्दा पनि विधानसभामा आफ्नो उपस्थिती अन्तिम भनेका थिए । ७० वर्ष पुग्दै गरेका नीतिशको कार्यकालमा बिहारले विकासको फड्को मारेको छ ।

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

प्रतिक्रिया