सिंगापुरलाई हराउँदै विश्वकप छनोटमा नेपालको शानदार सुरुवात

काठमाडौँ– नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरमाथि ९६ रनको शानदार जित हात पारेको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनायो ।
सिंगापुरका आर्यन मोदीले सर्वाधिक ५८ रनको योगदान दिए । मोदी रन आउट भएका थिए । सिद्धान्त श्रीकान्त ४४ रनमा आउट भए । नेपालका स्पिनर सुवास भण्डारी र हेमन्त धामीले २-२ विकेट लिए । विशाल विक्रम केसीले १ विकेट लिए ।
त्यसअघि युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो । नेपालका लागि आकाश त्रिपाठीले १ सय बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनको योगदान गरे ।
त्यस्तै विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया