खानेपानीको भयावह अवस्था अन्त्य गर्ने योजना संसद्मा पेस गर्न कांग्रेस सांसदको माग

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा खानेपानीको भयावह अवस्थाको अन्त्य गर्न सरकारको योजना संसद्मा पेस गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले सरकारले काठमाडौँ उपत्यकामा खानेपानीको अभाव पूर्ति गर्न बनाएको योजना संसद्मा पेस गर्न माग गरेका हुन् । उनले खानेपानी राज्यको अभिभारा एक घर एक धारा’ नारा भए पनि काठमाडौँ उपत्यकाको करिब ६५ प्रतिशत घरका धारामा पानी नआउने बताए ।
उनले सरकारले पानी नआउने धारा राखे बापत शुल्क भने नियमित लिइरहेको जिकिर गरे । उनले काठमाडौँमा धेरै जमिनमुनिको पानी र ट्याङ्करको पानी प्रयोग गरेर पानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको बताए ।
पौडेलले मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावटमा रहेको बताए ।
त्यस्तै कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गरेर आर्थिक सुशासन कायम गर्न सरकारसँग माग गरे । उनले मुलुक चरम आर्थिक संकटबाट गुज्रिएसँगै आर्थिक बेथितिबाट आक्रान्त भएको बताए । उनले आर्थिक संकट मोचन गर्नका लागि आर्थिक सुशासन कायम गर्नु ठूलठूला भ्रष्टाचार काण्डको छानबिन हुन आवश्यक रहेको औँल्याए ।
त्यस्तै,नेपाली कांग्रेसकी सांसद नागिना झाले स्थानीय सरकारलाई इन्धनबाट चल्ने सवारीको विकल्पमा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन सुझाव दिएकी छिन् । उनले ७५३ वटा स्थानीय तहले वार्षिक इन्धन खर्च मात्रै करिब ६० देखि ७० लाख औसतमा खर्च भइरहेको बताइन् ।
उनले इन्धन खर्चको विकल्पमा विद्युतीय सवारीमा प्रयोगमा ल्याउन सके वार्षिक ४ खर्ब रुपैयाँ बचत हुने बताइन् । उनले यसरी वचत भएको रकम विकास खर्चमा प्रयोग गर्न सकिने बताइन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया