नेपालले दियो सिंगापुरलाई २६२ रनको लक्ष्य, आकाश र विशालको अर्धशतकमा

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) मा आजबाट सुरु भएको आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २६२ रनको लक्ष्य दिएको छ ।
इडेन गार्डेन अजमान मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन जोड्यो । नेपालका लागि आकाश त्रिपाठीले ७८ रनको योगदान गरे । विशाल विक्रम केसीले ६३ रन बनाए । अर्जुन कुमालले ३७ रन, कप्तान देव खनाल २१ रन, दिपक बोहराले १७, दिपक डम्रेले १० रन, दिपक बोहराले ५ रन र मिनल बोहराले ४ जोडे । सुवाश भण्डारीले १२ रन बनाए ।
सिंगापुरका अभ्युदय छाजेर र आर्यविर चौधरीले २-२ विकेट तथा अदवित्य भारगभ र महियु भाटियाले एक-एक विकेट लिए ।
छनोटअन्तर्गत नेपालले दोस्रो खेल शनिबार कुवेतसँग, तेस्रो खेल २७ फेब्रुअरीमा हङकङसँग, चौथो खेल २८ फेब्रुअरीमा मलेसिया तथा अन्तिम खेल २ मार्चमा युएईसँग खेल्ने तालिका रहेको छ ।
छनोट प्रतियोगिताको विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्ने मौका पाउने छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया