बुटवलमा कोभिडले एक घण्टामा तीनसहित चार जनाको मृत्यु

बुटवल : बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकै रातमा ४ जना उपचाररत कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४ जनाको फरक फरक समयमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार बैशाख १५ गते भर्ना भएका बुटवल १२ का ४७ वर्षीय पुरुषको गएराति १० बजे मृत्यु भएको थियो भने आज बिहानै १ घण्टाबीचमा ३ जनाको मृत्यु भएको छ । १९ गते अस्पताल भर्ना भएकी कञ्चन गाउँपालिका-४ की २७ वर्षीया महिलाको बिहान ५:४५ बजे मृत्यु भएको छ भने १८ गते भर्ना भएकी बुटवल ९ की ५४ वर्षीया महिलाको बिहान ६:२५मा मृत्यु भएको छ ।
त्यसैगरि बिहीबार भर्ना भएकी तिलोत्तमा ४ की ४० वर्षीया महिलाको बिहान ६:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनीहरूसँगै रुपन्देहीमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या २२४ पुगेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया