लागु औधषसहित अस्ट्रेलियामा दुई नेपाली पक्राउ
काठमाडौँ- अस्ट्रेलियाको संघीय प्रहरी (एएफपी) ले अस्ट्रेलियाको सिड्नीबाट प्रतिवन्धित लागु औषधसहित २ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । एएफपीले जनाए अनुसार हेयर डाइको ट्यूवभित्र ४५० ग्राम लागु औषधसहित फेब्रुअरी २२ मा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवैजना २१ वर्षीय युवक रहेको बताइएको छ । दोषी प्रमाणित भए उनीहरूले २५ वर्षसम्मको जेल सजाय भोग्नुपर्नेछ ।
न्यू साउथ वेल्सको क्यासिनोबाट राति रोमा सेन्ट बस स्टेसनमा आउदा एएफपीले उनीहरुलाई खानतलासी गरेको थियो । खानतलासी गर्दा उनीहरूसँग टावेलमा बेरेर राखेको ६ वटा हेयर डाइ ट्यूवमा लागुऔषध फेला पारेको एएफपीले दाबी गरेको छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया