लमजुङमा हात्तीपाइले रोगविरुद्ध खोप अभियान सुरू

लमजुङ- जिल्लाका आठबटै पालिकाहरुले हात्तीपाईले विरुद्धको औषधी खुवाउने कार्यक्रम शुरुवात भएको छ ।
जिल्लामा हात्तीपाईले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागु भएको थियो तर केहि पालिकाहरुमा अझै पनि हात्तीपाईले रोगका विरामीहरु देखिएकोले यसपटक औषधी खुवाइएको हो ।
लमजुङमा यस बर्ष १४ चरणमा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो ।
फागुन ११ गतेदेखि सुरु हुने अभियान अन्तर्गत पहिलो दिन वडा तथा टोललमा स्वास्थ्य सस्था तथा बुथमार्फत हात्तिपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।
अभियान अन्तर्गत यसवर्ष दुई वर्ष मुनिका बालवालिका र गर्भवती महिला वाहेक जिल्लाका १ लाख ४६ हजार ७ सय ४२ जना लाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
औषधि खुवाउने अभियानमा जिल्लाभर ४ सय २८ स्वास्थ्यकर्मी र ६ सय ७० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।
सबै पालिकाका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमवाट औषधी खुवाउने कार्यक्रममा हात्तीपाईले रोग निवारण गर्नको लागि सबैलाई औषधी खान आब्हान गरिएको छ ।

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया