पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी

पोखरा- घरेलु उडान मात्र भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी थालिएको छ । सबै प्रक्रिया पूरा भएपछि रात्रिकालीन उडानका लागि विमानस्थल तयार रहेको जानकारी दिइएको छ ।
विमानस्थल रात्रिकालीन उडानका लागि तयार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । ‘रात्रिकालीन उडानका लागि हामी तयार छौं,’ उनले भने, ‘९ मार्चबाट बुद्धले राती उडाउने त भनिसकेको छ । त्यो भन्दा अघि कहिले हुन्छ हेर्दै जाम ।’ आन्तरिक उडानतर्फ बिहानदेखि सुरु भएपनि दिउँसो ४ बजे विमानस्थल बन्द गर्नुपर्ने अवस्थाको रात्रिकालीन उडानसँग अन्त्य हुने गौतमले बताए ।
रात्रिकालीन र अन्तर्राष्ट्रिय उडान दुवैको तयारी भइसकेको विमानस्थल प्रमुख गौतमले बताए । पोखरा विमानस्थल इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भोलि फेब्रुअरी २३ बाट लागू हुन्छ । योसँग रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको म्याचुरिटी पिरियड पुग्छ । फ्लाइट प्रमाणित नेपाल नागरिक उड्डयन प्राधिकरणले चोक जाँच गरेर रात्रिकालीन उडान गर्न अनुमति दिएको हो । प्राधिकरणले बुद्धलाई अनुमति दिइसकेको उनले बताए ।
विमानस्थलमा चराको समस्या पनि उत्तिकै छ । तर, विविध उपाय अपनाएर सफल उडान भइरहेको गौतमले बताए । पोखरा प्राकृतिक रुपमा चरा बस्नका लागि उपयुक्त ठाउँ भएकाले चराबाट सतर्क हुनुपर्ने उनको भनाई थियो । यसका लागि नदी, कुलो, खोल्सा लगायतामा मरेका जीवजन्तु फाल्न रोक लगाउँदै सरसफाइमा ध्यान दिनुपर्ने उनले बताए ।
केही दिन अघि मरेको गिद्ध सिधैं जहाजमा ठोकिएर नभएको जानकारी दिए । ‘केही दिन अघि जहाजमा ठोकिएर गिद्ध मरेको भन्ने धेरै समाचार आयो । तर, त्यो होइन,’ उनले भने, ‘चरा मर्ने ३ वटा कारण हुन्छन् । पहिलो सिधैं ठोकिएर, दोस्रो जहाज अगाडि गएपछि त्यसको हावाको बेगले र तेस्रो भनेको जेट विमानको तातो हावाले हो ।’
पोखरा महानगरका मेयर धनराज आचार्यले पनि विमानस्थलमा अन्तर्राष्ट्रिय र रात्रिकालीन उडानका लागि सबै तबरबाट तयार रहेको बताए । यसका लागि पोखरा महानगरले संघ सरकारसँग पनि आग्रह गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले भारतले सानो नेपाललाई ठूलो आकाश प्रयोग गर्न कन्ज्यूसाई गरेको बताए । यसमा छलफल र बहस आवश्यक रहेको उनको भनाई थियो । एयरब्रिजसहितको विमानस्थलमा त्यसको प्रयोगको वातावरण बन्नुपर्ने मुल्मीले बताए ।

जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा १७०९ जनाले गाउँ छाडे

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

प्रतिक्रिया