पोखरामा रात्रिकालीन उडान : पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा ‘इन्स्ट्रमेन्ट फ्लाइट रुल्स’ आइएफआर प्रणाली आजैदेखि लागू भएको छ । यसबाट रात्रिकालीन उडानका लागि आवश्यक सबै पूर्वाधार तयार भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । यसअघि विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ प्रकाशित गरेको थियो ।
उक्त एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिन्छ । हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजुअल फ्लाइट रुल्स’ प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतण गरिएको थियो । विमानस्थलबाट दिउँसो ४ बजेसम्म मात्र उडान हुने गरेकामा रात्रिकालीन उडानले सहज बनाउने पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए ।
“रात्रिकालीन उडान यहाँको पर्यटनका लागि पनि महत्वपूर्ण बन्ने छ”, उनले भने, “काठमाडौँमा विभिन्न कार्यालयीय एवम् अन्य काममा जाने पनि दिउँसो काम सकेर रातमा पोखरा फर्कने पाउनेछन् ।” अन्तर्राष्ट्रिय उडानबाट आएका व्यक्ति पनि रात्रिकालीन उडान भएसँगै काठमाडाँैं विमानस्थलबाट सिधैँ पोखरा आउन सक्ने उनले बताए । रात्रिकालीन उडानले पोखरालाई आन्तरिक रुपमा पनि अन्य प्रदेशसँग जोड्न सहज हुने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउँछन् ।“रात्रिकालीन उडानका लागि विभिन्न उडान कम्पनीले पनि आफ्ना कार्यतालिका राख्न थालेका छन्”, उनले भने, “यसले पोखराको पर्यटनमा विशिष्ट योगदान पुग्ने अपेक्षा गरेका छौंँ ।”
रात्रिकालीन उडानका लागि विमान कम्पनीले पनि आफ्नो तयारी सुरु गरेका छन् । पोखरामा हालसम्म दैनिक १० वटा उडान गरिरहेको बुद्ध एयरलायन्सले अरु दुई उडान थप गर्ने तयारी गरेको एयरलायन्सका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए । “ पोखराबाट आगामी मार्च ९ बाट रात्रिकालीन उडान गर्ने हाम्रो तयारी छ”, उनले भने, “हालका लागि राति ८ बजेसम्म उडान सञ्चालन गर्ने योजनामा छौँ । ”
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vWlqEt9FLr_ec9pqixly1kgom3ep2pjtrnfptdza4bnvbibnyn3jpwdihb0cwcohw3fjvyo_bsHVOqRRnI_n6xegkogtx2wdbmmc8jethyg8exid1cgpgdrrboptss1yv9zfc4ze15hprgo_mSTxVGeqDv_y8gpqmkdh8vjgulqnbhqchqj03mhmipvaw5wluibfxbxuruoa5ae6zadcgdt_0BQ736pqgX_pwtcw1lrreoutfbue4wnxk45ardclshfxvd5vljwxwwaybuysvt4zthww4jd.jpg)
कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

शुक्लाफाँटा निकुञ्जमा सफारी बन्द

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

प्रतिक्रिया