निशान र अस्मिता अधिकारीको स्वरमा ‘मेसो मिलाएर’

काठमाडौँ- संगीतकार अर्जुन पोखरेल प्रेमिल गीत तयार पार्न माहिर छन् । उनले, संगीत भरिएका प्रेम भाव मिसिएका गीतले बजारमा चर्चा पनि पाएका छन् । उनै, अर्जुनको संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत आज सार्वजनिक गरिएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा समावेश यो गीतमा दिग्गज धौरालीको शब्द छ ।
गीतले युवायुवतीबिचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको छ । यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोलाई गीतको भाव अनुसार नै तयार पारेका छन् ।
भिडियोमा नायक राज कटुवाल र नायिका श्रद्धा क्षेत्रीको प्रेम र रोमान्स हेर्न सकिन्छ । आकर्षक लोकेशनमा माइकलले भिडियोलाई रंगीन बनाएका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा बेगबहादुर क्षेत्री, सुन्दर कार्की र दीपा थापा कार्कीको पनि अभिनय छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया