पाथिभरामा हिमपात, फागुनमा परेको हिमपातले किसान खुसी

ताप्लेजुङ- ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर क्षेत्रमा हिजो साँझदेखि सामान्य हिमपात भएको हो । यस वर्ष पहिलो पटक पाथिभरा क्षेत्रमा सामान्य हिमपात भएको हो ।
विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङ्गोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभए पनि हिजो साँझबाट भने सामान्य हिमपात भएको स्थानीय रामचन्द्र घिमिरेले जानकारी दिए ।
उता सदरमुकाम फुङलिङसहित केही ठाउँमा वर्षा भएकाले किसानलाई सामान्य राहत मिलेको उनको भनाई छ ।
यस वर्ष हिउँद लागेयता हिमपात र वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन नसकेकाले गहुँ, मकै, तोरीलगायत बालीनाली नफस्टाउने चिन्तामा परेका किसानहरुले बताउँदै आएका थिए ।

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

प्रतिक्रिया