अक्सिजन भारत निर्यात हुन थालेपछि बाँकेमा अभाव
नेपालगञ्ज : कोभिड-१९ संक्रमणबार थलिएको बाँकेमा अक्सिजन अभाव भएको छ । अक्सिजनको अभाव हुँदा कोभिडका सिकिस्त बिरामीहरूलाई थप समस्या भएको हो ।
नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोभिड बिरामीहरूको उपचार हुँदै आएकोमा भेरी अस्पतालले बेड अभावमा नयाँ कोभिडका बिरामीहरू भर्ना लिइरहेको छैन भने भर्ना भएकाहरूलाई मुस्किलले सिलिण्डरबाट बिरामीलाई अक्सिजन दिइरहेको अवस्था छ तर कोहलपुर मेडिकल कलेजमा बेड भएपनि अक्सिजन अभावमा नयाँ बिरामी भर्ना लिन अस्पतालले मानेको छैन ।
सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको अधिकांश जिल्लाका बिरामीहरूको चाप हुने बाँकेमा अक्सिजनको अभाव हुँदा समस्या भएको छ । कोरोना बिरामीहरूको उपचार गर्नका लागि ३ सय बेड तयार गरेको शिक्षण अस्पतालले अक्सिजन अभावका कारण १४० बेड मात्रै सञ्चालन गरेको अस्पतालले जनाएको छ । भएको लिक्विड अक्सिजन ट्याङ्क सकिन लागेको र भारतले लिक्विड अक्सिजन ट्याङ्क ल्याउन नदिएका कारण थप बेड सञ्चालन गर्न नसकेको अस्पतालले जनाएको छ ।
नेपालगञ्जको परसपुरमा रहेको एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिले यस क्षेत्रका लागि धान्न सक्ने गरि अक्सिजन उत्पादन गर्ने गरे पनि उक्त कम्पनीबाट अक्सिजन भारत निर्यात हुन थालेपछि समस्या भएको हो । नेपालगञ्जबाट दैनिक ३ गाडी अक्सिजन भरिएको सिलिण्डर भारत निकासी भएको जानकारी पाएपछि प्रशासनले भारत निर्यातमा रोक लगाएको जनाएको छ ।
जानकारी अनुसार कोभिड अस्पतालको रुपमा रहेको भेरी अस्पतालका २०० वटै वेड, कोहलपुर मेडिकल कलेजका १४० बेड खालि छैनन् । अघिल्लो वर्षका सबै क्वारेन्टाइन, आईसोलेसनहरू बन्द हुँदा यस वर्ष समस्या झन बिकराल बनेको हो । भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजले नधान्ने भएपछि खजुरा गाउँपालिकाले ३० बेड, नरैनापुर गाउँपालिकाले ५० बेड, जानकी गाउँपालिकाले ५० बेड, राप्तीसोनारी गाउँपालिकाले ४० बेड, डुडुवा गाउँपालिकाले १६ बेड, कोहलपुर नगरपालिकाले २५ बेड, नेपालगञ्ज उपमहानगरपालिकाले ५० बेड र बैजनाथ गाउँपालिकाले २० वेडको आइसोलेसन सुरु गरेका छन् ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_BvR7WMlawl_1dbbxl7mlk6k69pjqyjxiyer2g3nphrmirbfsr9srrigbcecxq6f5dcvpb7r.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया