शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

माधव नेपाललाई भेट्न पुगे चिनियाँ राजदूत

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सङबिच भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका चिनियाँ राजदूत सङले अपरान्ह नेकपा एसका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन्। ‘कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा आज दिउँसो भएको भेटमा अध्यक्ष नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो,’ नेपालका सहयोगी मोहन गौतमले भने । 

उनका अनुसार राजदूतको रूपमा नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका थिए । दुवै नेताबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेपालको सचिवालयले जनाएकाे छ ।