चरेससहित तीन पक्राउ

कैलाली । सशस्त्र प्रहरीले ९ केजी चरेससहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलबारीले रोल्पाको थवाङ्ग गाँउपालिका ५ बस्ने कुमार पुन, दाङको लालमोटिया गाउँपालिका १ बस्ने पुनम पुन र दिलमाया पुनलाई नियन्त्रणमा लिएको हो ।
धनगढी उपमहानगरपालिका १४ एचगाउँ स्याउले घाटस्थित नेपाल भारत सीमा ईलाकाबाट बुधबार ९ केजी चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ हे.क्वाले जानकारी दिएको छ । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएकाहरुलाई बरामद चरेससहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया