रुपन्देहीमा थपिए ७९७ काेभिड संक्रमित

बुटवल : पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ७ सय ९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। कोभिड-१९ संक्रमणका कारण रुपन्देहीमा थप ४ जनाको मृत्यु भएको छ। हाल रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ७६ जना पुगेको छ।
त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या १४ हजार ७ सय ६६ पुगेको छ। हालसम्म रुपन्देहीमा २ सय २० जना काेभिड संक्रमितको मृत्यु भएको छ। त्यसै गरी जिल्लामा ९ हजार ८ सय ७० संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ३ सय ३२, तिलोत्तमा नगरपालिकामा १ सय ५८, सिद्धार्थनगर नगरपालिकामा १ सय ८, शुद्धोधन गाउँपालिकामा ५७, देवदह नगरपालिकामा ४२, सैनामैना नगरपालिकामा ३५ जना काेभिड संक्रमित थपिएका छन्।
यस्तै ओमसतिया गाउँपालिकामा २२ जना, रोहिणीमा गाउँपालिकामा १९, सियारी गाउँपालिकामा ८, कञ्चनमा गाउँपालिकामा ६ जनामा काेभिड संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। यस्तै मायादेवी गाउँपालिकामा ५, गैडहवा गाउँपालिकामा ३, लुम्बिनी सांस्कृतीक नगरपालिका र मर्चवारी गाउँपालिकामा १/१ जना काेभिड संक्रमित थपिएका छन्।
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

प्रतिक्रिया