१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा २ जना पक्राउ

काठमाडौँ - १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-९ घर भई काठमाडौं नागार्जुन नगरपालिका(४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका-१५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो ।
यस्तै १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साको ठोरी गाउँपालिका-१ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङगे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया