पंक ब्याण्ड झिल्के एन्ड दि कम्पनीको नयाँ गीत ‘पन्छीहरू’ सार्वजनिक
काठमाडौँ- नेपाली पंक रक ब्याण्ड झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ३ वर्षदेखि नेपाली रक संगीत क्षेत्रमा सक्रिय झिल्के एण्ड दि कम्पनी’को भिडियोमा प्रनब केसीको निर्देशन र पीभीइ नेटवर्कको प्रवद्र्धन छ । गीतमा स्टिभ देवानको स्वर छ । व्याण्डमा ड्रम्समा दिप्सन केसी र बेस गितारमा विशाल हाङ राई पनि छन् ।
भिडियोमा प्रनब केसी र सुभेक्क्षा पौडेल फिचर्ड छन् । सङ्गम राईको छायांकन रहेको भिडियोमा रवी गुभाजुको सहायक छायांकन, गणेश सिंह ठकुरीको गाफर, शंकर दाहाल, गोरे लिम्बुको प्रकाश सहायक, सहयोग राज अधिकारीको प्रोडक्सन, प्रनभ केसीको सम्पादन, सन्जीव रत्न शाक्यको कलर, अनमोल थापाको ब्याकग्राउण्ड स्कोर र दिभेस मुल्मीको मिक्सिङ तथा मास्टरिङ छ ।
गीत ‘झिल्के फायर इपी’मा संग्रहित छ । गीतमा नौलो संगीत, सरल शब्द र मुखमा झुण्डिने लय राखिएको छ । ‘झिल्के एण्ड दि कम्पनी’का गीतहरु युट्युब, स्पोटीफाइ, एप्पल म्यूजिकजस्तै सबै स्ट्रिम प्लेटफर्ममा उपलब्ध छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया