कोरोना फैलाउने ठूलाबडाहरू

नेपालमा कोरोना भाइरस दिनहुँ फैलदो छ । यो समुदायस्तरमा पुगिसकेको छ । सद्दे व्यक्ति क्षणभरमै संक्रमित भइरहेका छन् । फेरि अघिल्लो वर्षको भन्दा यसको स्वरुप र चरित्र फरक भएकाले छिटो सार्ने, ग्रस्त बनाइहाल्ने र प्राणै लिइदिने खालको छ । सरकारले जारी गरेका निषेधाज्ञा कामयावी नभएको संक्रमितको संख्या बढ्नुले देखाएको छ । निषेधाज्ञा लगाएदेखि झन् बढ्दो छ । पछिल्लो चौबीस घण्टामा ७ हजार ६६० नयाँ संक्रमित फेला परे ।
पुसयता कोरोना संक्रमण नै छैन जस्तो गरियो । त्यसमा फेरि नयाँ भेरियन्ट आयो । चिकित्सक र जनस्वास्थ्यकर्मीले चेतावनी दिंदै आए । तर जसको वास्ता गरिएन । नेपालमा कोरोना भाइरस समुदायस्तरमा फैलिनुमा धेरै कारण छन् । तीमध्ये केही कारण यस्ता छन् :
प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओली उद्घाटन गर्न, भीड जम्मा पार्न र तमासा देखाउन पाए आनन्दित हुन्छन् । ओलीलाई उदघाटन र शिलान्यासको भोग जागेको छ । किनभने उनमा एउटा भूत सवार भएको छ, ‘मैले गरे ।’ त्यसो त, गफाडी र साइबर सेनालाई गफको मसला दिने सवालमा ओली माहिर देखिएकै हुन् । उनको शासनकाल त्यसैमा बित्दैछ ।
स्वास्थ्य मापदण्ड विपरीत सरकारी निवासमा बालुवाटारमा कहिले केन्द्रीय समितिको बैठक, कहिले महाधिवेशन आयोजक कमिटीका बैठक, कहिले हुलका हुल व्यापारीहलाई पार्टी प्रवेश गराउने होड चलाए । कहिले चितवनमा राम सीताको मूर्तिलाई प्राण प्रतिष्ठाका निम्ति भीड जम्मा गराए त कहिले पूरा नहुँदैको धरहरा उद्घाटन । कहिले मेलम्चीको पाइप उद्घाटनमा पनि भेला गराउन बाँकी राखेनन् ।
जहाँ जहाँ प्रधानमन्त्री, त्यहाँ त्यहाँ भीड । ओली त अलि टाढा हुने नै भए, तर भौतिक दूरी त शून्य । मुखमा मास्क हुँदैन । अझ धरहरा उद्घाटनका बेला भीड तितर–बितर पार्न प्रहरीले लाठी चार्ज नै गर्नुपरेको थियो । प्रधानमन्त्रीले भीड जम्मा पारेको स्वयं सरकारी टेलिभिजनहरुले देखाएकै हुन् । त्यसलाई पुष्टि गरिरहनु परेन ।
पूर्व राजा ज्ञानेन्द्र र कुम्भ मेला
गत चैतमा भएको कुम्भ मेलामा पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमल शाह सहभागी भए । उत्तरखण्डको हरिद्वारमा भएको शाही स्नानमा सरिक भएका पूर्व राजा गत वैशाख ५ मा नेपाल फर्केका थिए । पूर्व राजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेको ठूलो भीड थियो ।
भारतबाट फर्केको एक सातापछि उनी अस्पताल भर्ना भए । हालसम्म पनि पूर्व राजा र रानी उपचाररत छन् । ३० दिनसम्म चलेको कुभ्म मेलामा नेपालबाट ठूलै संख्यामा भक्तजन सरिक भएको अनुमान छ । विमानस्थलको त्यो भीडले कोरोना भाइरस कति फैलायो होला, सहजै अनुमान गर्न सकिन्छ । पूर्व राजाबाहेक कुम्भ मेलामा सहभागी भएका नेपालीहरुको अवस्था अझ अज्ञात छ ।
सर्वोच्च अदालत
भक्तपुरमा प्राचीनकालदेखि मनाइउँदै आएको बिस्केट जात्रा गत वर्ष कोरोना कहरमा औपचारिकतामा सीमित गरिएको थियो । गत वर्ष भक्तपुरमा कोरोनाले व्यापक रुप धारण गर्न पाएको थिएन । गत वर्षको बिस्केट जात्रालाई औपचारिकतामा सीमित राखिएपछि कोरोना भाइरस संक्रमितको संख्या भक्तपुरमा तीन सयभन्दा बढी थिएन ।
त्यही कारणले भक्तपुरको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) को बैठकले बिस्केट जात्रालाई औपचारिकता एवं पूजा आजामा मात्रै सीमित गर्ने निर्णय गरेको थियो । तर डीसीसीएमसीको उक्त निर्णयविरुद्ध भक्तपुरका अधिवक्ता राजकुमार सुवालले सर्वोच्च अदालतमा रिट दायर गरे ।
सर्वाेच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रामा रोक नलाउन र सञ्चालन गर्न अन्तरिम आदेश जारी गरिदियो । जात्रा भव्य र धूमधाम तवरले मनाइयो । हजारौं व्यक्ति सहभागी भए । यतिखेर भक्तपुरमा कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ३१ पुगिसकेको छ र थपिने क्रम तीव्रस्तरमै छ ।
यतिखेर शिलान्यास र भीड जम्मा गर्ने समय होइन । ठूलाबडाले सोचून्, यतिखेर तिनले भडकिलो क्रियाकलाप गर्ने समय पनि होइन । अझ संसदको अधिवेशन आह्वान भएको छ, जहाँ ठूलाबडाकै भीड जम्मा हुनेछन्, त्यो पनि रोग फैलाउने माध्यम बन्न सक्छ, होस् गरुन् ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_4mRACdgCY8_tk46mtpk93hjzxzburyghidnlhn4wpbzvvtikbszy8mdlpiokutsn226rosg.jpg)
प्रतिक्रिया