सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण –सभामुख गौतम

विराटनगर - प्रदेश नं १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमि निकै महत्वपूर्ण हुने बताएका छन् ।
संसदीय पत्रकार मञ्च विराटनगरद्वारा आज यहाँ आयोजित सम्मान तथा अन्तरक्रियामा उनले जनताका आवाजलाई सरकारसम्म र सरकारका नीति तथा कार्यक्रम जनतासम्म पुर्याउने सञ्चारमाध्यम जहिले पनि गम्भीर रहनुपर्ने बताए । उपसभामुख सृजना दनुवारले संसद्को भूमिका जनपक्षीय भएमा यसको महत्व बढेर जाने विश्वास व्यक्त गरे ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मञ्च आबद्ध सञ्चारकर्मी र सदनका समाचार सम्प्रेषण गर्ने पत्रकारलाई सक्दो सचिवालयले सहज र सरल ढङ्गले सूचना दिने गरेको बताए ।
मञ्चका अध्यक्ष गणेश लम्सालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुँइटेल र पत्रकार अर्जुन आचार्यले पनि सदन र सचिवालयको विविध पक्षमा चर्चा गरेका थिए ।
कार्यक्रममा सभामुख गौतम र उपसभामुख दनुवारलाई मञ्चले खादा लगाएर स्वागत र सम्मान गरेको थियो ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_riM1Xfkbhj_npfgyskbsbmihrewtuhsepf7zxvpbxk0dxcryhlk2errv72satnoezxqmprn.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया