प्रदेश १ मा ९ सय ७० जना पीडित

विराटनगर- प्रदेश १ मा सन् २०२२ मा भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ९ सय ७० जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने वर्ष पुस्तकमा समेटिएको प्रदेश १ को तथ्यांकगत वस्तुस्थिति अनुसार ती घटनाहरूमा राज्य पक्षबाट ५२ जना र अन्य पक्षबाट ९ सय १८ जना पीडित भएको जनाइएको छ ।
सोमबार आयोजित वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले महिला अधिकार उल्लंघनका घटनामा ४ सय ५७ जना र बाल अधिकार उल्लंघनका घटनामा २ सय ९९ जना पीडित भएको जानकारी दिए ।
प्रतिवेदन अनुसार सन् २०२२ मा प्रदेश १ मा अपहरणका घटनामा २, गिरफ्तारीमा २०, कुटपिटमा ५६, बालअधिकार हननमा २ सय ९९, हिरासतमा मृत्यु १, अमानवीय व्यवहारतर्फ १, विभिन्न घटनामा घाइते ४५, हत्या ७४, जातीय विभेदमा १, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार हननमा ९, धम्की १ र कारागारमा मृत्यु हुने ४ गरी कूल ९ सय ७० जना पीडित भएको जनाइएको छ ।
प्रदेश १ भित्र मोरङको लेटाङमा भएको प्रहरी महिला जवानको हत्या, बालिका माथिका सामूहिक बलात्कारपछिका श्रृंखलाबद्ध हत्या र उदयपुरमा स्थानीय तह निर्वाचनका क्रममा प्रहरीको गोली प्रहारबाट मृत्यु जस्ता घटनाले जो सुकै नागरिकको पनि बाँच्न पाउने अधिकार खोसिएको प्रतिवेदनमा भनिएको छ ।
त्यसैगरी सन् २०२२ मै सम्पन्न भएको स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मानवअधिकार उल्लंघन र ज्यादतीका १७ घटनामा प्रदेश १ का ४७ जना नागरिक पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
इन्सेकले घटना सार्वजनिकरणका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरेले मानव अधिकारका घटना न्यूनीकरणमा प्रदेश सरकार र स्थानीय तहहरूले समेत ध्यान दिनुपर्ने बताए ।
मानव अधिकार आयोग प्रदेश १ की निमित्त प्रमुख गीता दाहालले अधिकारकर्मी, सामाजिक अभियन्ता र पत्रकारहरूले मानव अधिकारका विषयमा केन्द्रित भएर काम गर्न आवश्यक रहेको बताइन् । उनले समाचारमा घटनाबारे लेख्नुका साथै त्यसपछि पीडितले न्याय पाए नपाएको विषयमा पनि संचार क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिइन् ।
वरिष्ठ पत्रकार यज्ञ शर्माले वर्ष पुस्तकले मानव अधिकारको अवस्थाबारे चित्रण गरेको बताए । इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले ७७ वटै जिल्लाका प्रतिनिधिहरूले अभिलेख गरेको तथ्यांकका आधारमा हरेक वर्ष मानव अधिकार वर्ष पुस्तक तयार पारिने र वर्ष पुस्तकलाई थप परिस्कृत गर्न सबैको सुझाव महत्वपूर्ण हुने बताएका थिए ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_riM1Xfkbhj_npfgyskbsbmihrewtuhsepf7zxvpbxk0dxcryhlk2errv72satnoezxqmprn.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया