धनुषाका एक मेयर र तीन उपमेयरलाई माओवादीले सोध्यो स्पष्टीकरण
जनकपुरधाम : रौतहटका स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्पष्टीकरण सोधेको एक हप्तापछि नेकपा माओवादी केन्द्रले धनुषाको एक मेयरसहित तीन जना उपमेयरगरी चार जनालाई स्पष्टीकरण सोधेको छ ।स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका धनुषाको विदेह नगरपालिकाका मेयर, उपमेयर, सबैला नगरपालिकाका र शहीदनगर नगरपालिकाका उपमेयरलाई पार्टीको गतिविधिमा सहभागिता नदेखिएको र विधानविपरीत कार्य गरेको भन्दै ३ दिने अल्टिमेटम सहित स्पष्टीकरण सोधेको हो ।
धनुषाको विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास तत्मा तथा उपप्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाकी उपप्रमुख शिलादेवी कापर र सबैला नगरपालिकाकी उपप्रमुख निलुदेवी कापरलाई २० गते ३ दिने स्पष्टीकरण सोधिएको माओवादी धनुषाका सचिव दिपक यादवले बताए।
२०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र र एमाले पार्टी पुर्ववत अवस्थामा फर्किएका थिए । त्यसपछि माओवादी केन्द्रबाट जितेका केही जनप्रतिनिधि नेकपा एमालेको कार्यक्रममा सहभागी हुँदै आएको पाइएपछि केन्द्रीय निर्णयअनुसार स्पष्टीकरण सोधिएको सचिव यादवले बताए ।
पार्टी पूरानै अवस्थामा फर्के पनि पार्टीका कार्यक्रममा किन सहभागी नभएको ? आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशिलता के–कति कारणले नदेखिएको ? माओवादी केन्द्र परित्याग गरेको हो वा होइन ? भनी तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न जिल्ला ईन्चार्ज योगकुमार बरबरिया यादव र सचिव दिपक यादवद्वारा संयुक्त रुपमा जारी स्पष्टीकरण पत्रमा भनिएको छ ।
केही वडा अध्यक्षहरुलाई समेत स्पष्टीकरण सोधिएको बताउंदै सचिव यादवले भने तिनीहरु मध्ये केहीले स्पष्टीकरण बुझाइ सकेको छ । अल्टिमेटम समयावधि भित्र पार्टीको चित बुझ्दो स्पष्टीकरण नदिएको अवस्थामा पार्टीले कारवाही प्रक्रिया अघि बढाउने सचिव यादवले बताएका छन ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया