प्रदेश राजधानीसँग प्रशासनिक सुगमता कायम गर्न सोलु र ओखलढुंगाका सांसदको माग

विराटनगर - सोलुखुम्बु र ओखलढुंगाका प्रदेश सभा सदस्यहरूले प्रदेश १ को राजधानी विराटनगरसँग प्रशासनिक सुगमता कायम गर्न माग गरेका छन् । प्रदेश १ को प्रदेश सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सोलुखुम्बुका सभा सदस्य गोम्बु शेर्पाले प्रदेश राजधानी विराटनगरभन्दा काठमाडौं सहज भएको टिप्पणी गरेका हुन् ।
प्रदेशको मुल पहिचानलाई प्रतिविम्बित गर्ने मुख्य बिषय नै प्रशासनिक सुगमता भएको उनले बताए । ‘सोलुखुम्बुको जनताले प्रशासनिक सुगमताको अनुभूति गर्न पाएको छैन, विराटनगरभन्दा काठमाडौं सहज भएको छ’ उनले भने, ‘विराटनगरमा आउन काठमाडौंभन्दा दुई गुणा समय लाग्छ, दुई गुणा खर्च लाग्छ र दुई गुणा कष्ट व्यहोर्नु पर्ने अवस्था छ ।’ उनले विराटनगरबाट सोलुको काँगेल र फाप्लुसम्मको हवाई सेवा सुचारु गर्न सके सोलुखुम्बुबासीले सुगमता अनुभूति गर्ने बताए । उनले भने, ‘विराटनगर–काँगेल, विराटनगर–फाप्लुमा तुरुन्त बायु सेवा सुचारु गरियोस् ।’
ओखलढुंगाका प्रदेश सभा सदस्य प्रदिप कुमार सुनुवारले धुर्मीबाट चतरासम्म निक्सिने सडक अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सोलुखुम्बु, ओखलढुंगा र खोटाङका बासिन्दालाई प्रदेश राजधानी विराटनगरसम्मको सुगमता नभएको बताए ।
सरकारसँग उनले सोधे ‘हामीलाई प्रशासनिक सुगमता भएको छैन, विगतदेखि ठेक्का लागेको छ भनिन्छ तर यो बाटोको अवस्था कहाँ पुगेको छ ?’ सुनुवारले सरकारले प्रत्येक स्थानीय तहमा पाँच बेडका हस्पिटल निर्माण गर्ने भनेर निर्माण सुरु गरेको भएपनि ओखलुढुंगामा निर्माण सम्पन्न भएका अस्पतालहरूमा कर्मचारीको व्यवस्थापन नभएको, फर्निचर नभएको बताए ।
अस्पतालहरूमा नेपाल सरकारबाट छात्रवृत्तिमा पढेका डाक्टरहरू अनिवार्य रुपमा दुई बर्षसम्म काम गर्नुपर्ने व्यवस्था गर्न समेत माग गरे । उनले भने ‘ओखलढुंगामा कोहि पनि त्यस्ता डाक्टरहरू गएका छैनन्, सरकारको ध्यानाकर्षण होस् ।’
प्रदेशसभा सदस्यहरू अम्बर बहादुर बिष्ट, कमल प्रसाद जवेगु र खगेश्वरी पौड्यालले धान खेतीको समय सुरु भएको भन्दै सरकारले पर्याप्त मलको व्यवस्थापन गर्नुपर्ने बताए । किसानहरूले समयमा मल प्राप्त गरेनन् भने खाद्य संकट हुने भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराए ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_riM1Xfkbhj_npfgyskbsbmihrewtuhsepf7zxvpbxk0dxcryhlk2errv72satnoezxqmprn.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया