लिग-२: स्कटल्यान्डले नामिबियालाई दियो २२२ रनको लक्ष्य

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २२१ रन जोड्यो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४७, टोमस माकिन्टोसले ३४, कप्तान रिची बेरिङ्टनले ३२ तथा लियाम नेयलरले २० रन बनाए । माइकल लिस्कले २९ रन बनाए ।
नामिबियाका लागि रुवेन ट्रम्पेलम्यानले ५, टंगेनी लुङ्गामेनी २ विकेट तथा बेन सिकोन्गो र बर्नार्ड स्कोल्जले १-१ विकेट लिए ।
जारी सिरिजमा नामिबियाले अघिल्ला ३ वटै खेलमा पराजय भोगिसकेको छ । दुई खेल खेलेको स्कटल्यान्डले भने एक खेलमा जित तथा एक खेलमा पराजय भोगेको छ । नामिबियाले नेपालविरुद्ध २ तथा स्कटल्यान्डविरुद्ध १ खेलमा पराजय भोगेको थियो ।
स्कटल्यान्डले भने नामिबियालाई पराजित गर्दा नेपालसँग हार भोगेको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया