रासस कार्यालयमा चोरी प्रयास गर्ने पक्राउ

गण्डकी - राष्ट्रिय समाचार समिति (रासस)को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुई जना पक्राउ परेका छन् । पोखरा–९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रासस कार्यालयले दिएको उजुरीका आधारमा घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोेशीले जानकारी दिए ।
घटनामा संलग्नमाथि चोरी तथा डाँका कसुरअन्तर्गत मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाका आधारमा उनीहरु पक्राउ परेका हुन् । शुक्रबार राति १ः३० बजेको समयमा कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो । प्रहरीले घटनाबारे थाहा हुनासाथ अनुसन्धान थालेको थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया