उत्कृष्ट शौचालय बनाउनेलाई एक लाख २५ हजार पुरस्कार

कैलाली- धनगढी उपमहानगरपालिकाले फरकखाले प्रतियोगिताको आयोजना गरेको छ । जसमा प्रतियोगीले शौचालयको डिजाइन बनाउनुपर्ने छ ।
उपमहानगरपालिकाले बनाउन लागेको शौचालयको उत्कृष्ट डिजाइन बनाउने एक जनाले नगद पुरस्कार समेत प्राप्त गर्ने छन् । उपमहानगरपालिकाका मेयर गोपाल हमालले सार्वजनिक शौचालयको डिजाइन बनाउने मध्ये उत्कृष्ट एक जनालाई एक लाख २५ हजार पुरस्कार दिने बताए ।
उपमहानगरले सार्वजनिक शौचालय निर्माणका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनसँगको सहकार्य गरेर देशभरका इन्जिनियरलाई आफ्नो डिजाइन पेश गर्न आव्हान गरेको छ। प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एशोसिएशनले २१ दिने सूचना निकालेको छ ।
प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको उपमहानगरपालिका मेयर हमालले बताए ।
प्रतियोगितामा पहिलो र दोस्रो हुने सार्वजनिक शौचालयको डिजाइनलाई धनगढी उपमहानगरपालिकाले क्रमश १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार दिने मेयर हमालले बताए ।
यसरी छनौट भएका डिजाइनका आधारमा धनगढीमा सार्वजनिक शौचालय निर्माण गर्ने तयारी उपमहानगरपालिकाको रहेको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_4gh6vlWnyZ_efvf4jxqlykqlee2y8fudscpzua8rbezqey5fqwpu3zknvprauhs9qfdq0vw.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया