निफमा छलफलको लाइनअप : बलिउड निर्देशक अनुराग कश्यपदेखि प्रताप सुब्बासम्म

काठमाडौं : महामारीको बीच पनि हुन लागेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले फेस्टिभलको पूर्व सन्ध्यामा छलफलका विषय र तिनमा सहभागी हुने वक्ताको नाम सार्वजनिक गरेको छ । आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष तथा फेस्टिभल निर्देशक केपी पाठकले फेस्टिभल अवधिभर नेपाली सिनेमा सम्बन्धी विभिन्न विषयमा छलफल हुने जनाएका छन् ।
२३ गतेदेखि २७ गतेसम्म चल्ने फेस्टिभलमा नियमित फिल्म प्रदर्शनसँगै समानान्तर रुपमा छलफल पनि चल्नेछन् । आयोजकका अनुसार उद्घाटनको दिन बलिउड निर्देशक अनुराग कश्यपले दिउँसो साढे तीन देखि १ घन्टासम्म फिल्मको बारेमा बोल्नेछन् भने २४ गते विजय सुब्बा, विश्वप्रकाश शर्मा, सत्या पहाडी, गंगा नारायण श्रेष्ठ ‘राजनीतिज्ञको दृष्टिमा चलचित्र’ बारेमा बोल्नेछन् । ११ बजेदेखि डेढ घन्टा चल्ने छलफललाई राजेश थापाले सहजीकरण गर्नेछन् ।
२५ गते भने दुई विषयमा सहभागीबीच छलफल हुनेछ । यो दिनको पहिलो सेसनमा ‘नेपाली चलचित्रमा महिलाको सहभागिता’ शीर्षकमा करिष्मा मानन्धर, दीपाश्री निरौला, रक्षा सिंह रानासँग सम्झना उप्रेति रौनियारले छलफल चलाउनेछिन् भने यो लगत्तै दार्जिलिङबाट पाका निर्देशक प्रताप सुब्बा जोडिनेछन् । दुई बजेपछिको समयमा उनले नेपाली सिनेमासँग जोडिएका अनुभव सुनाउनेछन् ।
२६ गते अर्थात आइतबार यादव भट्टराईले ‘कोरोना पछिको चलचित्र बजार’ शीर्षकमा रेखा थापा, अशोक शर्मा, अर्जुन कुमार, मनोज अग्रवालसँग बहस गर्नेछन् । यो छलफल ११ बजेदेखि साढे १२ सम्म चल्नेछ ।
फेस्टिभलको अन्तिम दिन दीपेन्द्र लामाले ‘कहाँ छ नेपाली चलचित्र’ शीर्षकमा कृष्ण धराबासी, बबिता बस्नेत, युग पाठक, अनुभव अजित, प्रकाश भट्टराईसँग छलफल गर्नेछन् । यो छलफल १ बजेदेखि चल्नेछ ।

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया