कुशल-आशिफ-ज्ञानेन्द्रको अर्धशतकमा नेपालको तेस्रो जित, सन्दीपले लिए ३ विकेट

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । नेपालले नामिबियालाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । यसअघि पहिलो खेलमा नामिबियालाई नै २ विकेट तथा स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।
त्रिवि क्रिकेट मैदानमा जितका लागि चाहिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पुरा गरे ।
नेपालका लागि आशिफ शेखले ८१ तथा ज्ञानेन्द्र मल्लले ६५ रनको योगदान गरे । ज्ञानेन्द्र र आशिफले नेपालका लागि १ सय ३९ रनको कीर्तिमानी साझेदारी समेत गरे । यसअघि नामिबियाविरुद्ध नै कुशल भुर्तेल र रोहित पौडेलले तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी गरेका थिए । कुनै पनि विकेटका लागि त्यो सबै भन्दा ठूलो साझेदारी थियो ।
कुशल मल्लले ६२ रन र कप्तान रोहित पौडेलले ३९ रन बनाए ।
नामिबियाका लागि रुवेन ट्रम्पेलम्यानले ३, बर्नार्ड स्कोल्जले २ तथा पिक्की या फ्रान्स र टंगेनी लुङ्गामेनीले एक-एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनायो । नामिबियाका लागि जेन ग्रिनले ७५ रन तथा पिक्की या फ्रान्सले ४९ रनको योगदान गरे ।
लो-हान्द्रे लौरेन्सले ४१, माइकल भानले २२, कार्ल बिर्केनस्टोनले २० रन तथा कप्तान जेरहार्ड इरासमस र जान निकोलले समान १५-१५ रन जोडे ।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । उनले लिग-२ मा ५० विकेट समेत पूरा गरे । सन्दीपले २३ औँ खेलमा ५१ विकेट लिएका छन् । करण केसीले १ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया