पोखरा म्याराथनको उपाधि लगातार दोस्रो पटक केन्याका स्टेफेनलाई

पोखरा- पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले लगातार दोस्रो पटक जितेका छन् । शनिबार पोखरा रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरा गरेका थिए ।
उनले अघिल्लो पटक सो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए ।
दोस्रो स्थानमा पनि केन्याका धावक जुलियस ओहोमे आएका छन् । उनले उक्त दूरी २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरे । म्याराथनमा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा मिनेट २४ सेकेण्डमा पूरा गर्दै तृतीय भए ।
शनिबार नै भएको महिला सहभागी हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन् । उनले २१ किमी दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् ।
एपिएफकी वृन्दा श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने तेस्रो बनिन् । उनले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन् ।
पोखरा म्याराथनमा उपाधि बिजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्वितीय सिमोनले ३ लाख र तृतीय माेहनले २ लाख रुपैयाँ पाएका छन् । यसैगरी महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय वृन्दाले १ लाख तृतिय पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ पुरस्कार पाएकी छिन् ।

जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा १७०९ जनाले गाउँ छाडे

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

प्रतिक्रिया