कन्हैया सिंहको 'अचानक' गजल सार्वजनिक

काठमाडौँ - गायक तथा संगीतकार कन्हैया सिंह परियारले नयाँ गजल गीत 'अचानक' सार्वजनिक गरेका छन् । तीनदशक देखी सांगितीक क्षेत्रमा सक्रिए परियारको उक्त गीतको भिडियो बिहीबार काठमाडौंको मैतीदेवीस्थित 'डोरी रेष्टुराँ'मा एक कार्यक्रमका बिच प्रिमियर गरियो ।
गीतमा वरिष्ठ गीतकार डा. कृष्ण हरि बरालका शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले गजल गीतको प्रसंशा गरे । उनले गजलका शब्द, संगीत संयोजन र गायकीको खुलेरै प्रसंशा गरेका थिए । उनले गायक परियारले गीतसंगीतमा गरिरहेको योगदानको बारेमा पनि चर्चा गरे ।
गायक परियारले गजलको बोलबारे प्रष्ट पारे । बोल अचानक भएपनि करिव तीन वर्षको मेहनतपछि यो संगीत पारखीमाझ आउन सफल भएको बताए । राजु कार्की उक्त गजलका संगीत संयोजक हुन् ।
उक्त गजलको भिडियोमा गजित विष्ट र अञ्जली अधिकारीले अभिनय रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको यो भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने नबिन निरौला यसका सम्पादक हुन् । गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा गायक परियारलाई पनि फिचर गरिएको छ ।उक्त गजलको भिडियो कन्हैयासिंह परियारको युटुव चयानलमा हेर्न सकिन्छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया