कैलाली जनपुस्तकालयद्वारा विभिन्न राष्ट्रिय पुरस्कारका लागि प्रतिभा छनौट
इकागजकर्मी उपाध्यायलाई राष्ट्रिय समाजसेवा पुरस्कार

कैलाली - जनपुस्तकालयले यस वर्ष प्रदान गर्ने विभिन्न राष्ट्रिय पुरस्कारको निर्णय गरेको छ । कैलाली जनपुस्तकालय धनगढीका अध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा. टीएन जोशीको अध्यक्षतामा बसेको बैठकले पुरस्कार र सम्मानबारे निर्णय गरेको हो।
बैठकले २०७९ सालको कैलाली जनपुस्तकालय पुरस्कार साहित्यकार रामलाल जोशीको कृति बा- आमालाई प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी दीनानाथ राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार मभट्ट धनगढीलाई, उदय- दुर्गाहेश बिक्रम शाह(अछाम)लाई, पूर्ण-कृष्ण स्मृति राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार माया ठकुरी काठमाडौलाई, साबित्री-कमल राष्ट्रिय लोक संस्कृति पुरस्कार डा. देवेन्द्र प्रसाद साहित्य पुरस्कार हरिश जोशी महेन्द्रनगरलाई र हर्ष- पार्वती लोक संस्कृति पुरस्कार गोविन्द प्रसाद पाण्डेय नेपालगञ्जलाई प्रदान गर्ने निर्णय गरिएको छ।
यसैगरी बैठकले चित्रबहादुर कार्की राष्ट्रिय समाजसेवा पुरस्कार ईकागजका सुदूरपश्चिम प्रदेश प्रतिनिधि दीपक उपाध्याय धनगढीलाई, सूर्यप्रसाद विष्णुदेवी राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार जनक रसिक डडेल्धुरालाई, भोजराज हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार समाजसेवी सीताराम अवस्थी धनगढीलाई र दशरथ चन्द स्म्मृति राष्ट्रिय सम्मान शिक्षासेवी अनिता पन्तलाई प्रदान गर्ने निर्णय भएको कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीले जानकारी दिए।
यसैगरी तिलोत्तमा स्मृति राष्ट्रिय शैक्षिक साधना पुरस्कार प्रा. बुधराम चौधरी कैलालीलाई, शिव- बिमा राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रा. सुरेन्द्र चन्द धनगढीलाई, द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार सरस्वती भट्ट काठमाडौलाई, शिव-बिमा जेहन्दार छात्रबृत्ति धरणीधर भट्ट डोटीलाई, यज्ञराज यात्री राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार आचार्य घनश्याम लेखक कञ्चनपुरलाई प्रदान गर्ने निर्णय भएको छ ।
बैठकले जयपृथ्वीबहादुर सिंह स्मृति राष्ट्रिय सम्मान हरिश ओझालाई, पहलमानसिंह स्वार समृति राष्ट्रिय सम्मान प्रा. जगन्नाथ जोशीलाई, परिमल स्नेही राष्ट्रिय लोक नृत्य सम्मान चिनाराम नेपाली कञ्चनपुरलाई,बद्रीनाथ राष्ट्रिय शिक्षा सेवा सम्मान भूपाल खड्कालाई र युवा प्रतिभा राष्ट्रिय सम्मान केपी कलौनी र गगन अयडीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यही फागुन २० गते धनगढीमा हुने कैलाली जनपुस्तकालयको ६५औं वार्षिकोत्सवका अवसरमा उक्त पुरस्कारहरूबाट स्रष्टालाई सम्मान गरिने पुस्तकालयका सचिव टंक जोशीले बताए।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_BLAvGFryuk_lwfoohdfk6r6skn6lnggpi4zpr9pqz6bdgzefhkoh1wfgcm65ep4rd4k05cd.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया