संसद् बैठकअघि सांसद र कर्मचारीको पीसीआर परीक्षण गरिने

काठमाडौँ : प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहित सबै सांसद र संसद् कर्मचारीको पीसीआर परीक्षण हुने भएको छ । प्रतिनिधि सभाको वैशाख २७ गते बस्ने बैठकअघि उनीहरूको पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिने भएको हो ।
संघीय संसद सचिवालयले वैशाख २२ र २३ गते वानेश्वरस्थित संसद भवन परिसरमै सांसदहरूको स्वाब संकलन गरिने जनाएको छ। त्यस्तै २३ गते मर्यादापालक र सांसदका स्वकीय सचिवसहितको स्वाब संकलन गरिने छ । वैशाख २७ गते प्रतिनिधि सभाको विशेष अधिवेशन बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताइएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया