नुवाकोटमा बस दुर्घटना हुँदा तीनको मृत्यु‚ २३ जना घाइते

नुवाकोट- नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।
बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका–१२ चैनपुरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
उनका अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका-३ का बाबुराम नेपाली र विदुर नगरपालिका-६ का रामप्रसाद अर्याल छन् । मृतक अर्की एक जना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य २३ जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया