एन्जोलिना जोली र सलमा हायकको ‘इटर्नल्स’मा यस्तो लुक, ‘ब्ल्याक प्यान्थर’ र ‘क्याप्टन मार्भल’ सिक्वेलले पाए नाम

लसएन्जल्स : मार्भल सिनेमाटिक युनिभर्सले रोचक भिडियो सेयर गर्दै मार्भलको फेज ४ अन्तर्गत रिलिज हुने फिल्मको नाम सार्वजनिक गरेको छ । तीन मिनेट लामो अवधिको भिडियोमा मार्भलले दर्शक हलमा गएर सिनेमा हेर्न आतुर रहेको सन्देश पनि दिएको छ । भिडियोमा ‘इटर्नल्स’का दुई मुख्य कलाकार एन्जोलिना जोली र सलमा हायकका केही दृश्य देखाइएको छ भने बाँकी फिल्मका सिक्वेलको नाम सार्वजनिक गरिएको छ ।
‘इटर्नल्स’मा एन्जोलिना जोलीलाई तरबार खेलाउँदै गरिएको देखाइएको छ भने सलमा हायक क्याटगल्सको अवतारमा देखिएकी छिन् । यसैगरि, ‘ब्ल्याक प्यान्थर’को नयाँ भाग ‘ब्ल्याक प्यान्थर : वाकन्डा फरएभर’को नाम रिलिज हुनेछ भने ‘क्याप्टन मार्भल’ ‘मार्भल्स’को नाममा रिलिज हुनेछ । ‘स्पाइडरमेन’को नयाँ सिरिज ‘स्पाइडर मेन : नो वे होम’ नाममा रिलिज हुनेछ ।
मार्भलले सन् २०१९‘स्पाइडरमेन : फार फ्रम होम’रिलिज गरेयता हलमा नयाँ फिल्म रिलिज गर्न पाएको छैन । स्थिति नियन्त्रणमा रहे मार्भलले ‘ब्ल्याक विडो’बाट रिलिजको खाता खोल्नेछ । स्कारलेट जोन्सन अभिनीत यो फिल्म यही वर्षको जुलाई ९ मा रिलिज हुने तालिका छ ।
त्योसँगै यो साल साङ ची एन्ड दिन लिजेन्ड अफ टेन रिङ्स सेम्टेम्बरमा रिलिज हुनेछ भने यो पटकको अस्कर विजेता निर्देशक क्लोई झाओ निर्देशित ‘इटर्नल्स’अक्टोबरमा रिलिज हुनेछ । डिसेम्बरमा ‘स्पाइडर मेन नो वे होम’ रिलिज भएसँगै मार्भलको यो सालको रिलिजको कोटा पूरा हुन्छ ।

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया